१२ चैत्र २०८२, बिहीबार
समाचार समाज

सर्पले डसेर एक बालकको मृत्यु

२९ साउन, काठमाडौँ ।  सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका – १० खमौराका एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा घाइते भएका अखिल मालीको सोमबार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । उनी खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए ।उनको मृत्यु भएको शोकमा आज खप्तड विद्या निकेतनले शोक विदा दिएको छ ।

समाचार

बाढी पहिरो लगायतका विपद्‌मा परी १ सय ७३ को मृत्यु

२९ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी  साउन २८ गते दिउँसोसम्म एक सय ७३ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, […]

मुख्‍य समाचार राजनीति समाचार

खाजाका लागि दिएको पैसा घुस नहुने छानबिन समितिको ठहर

२९ साउन, काठमाडौँ । । समकक्षता (इक्युभ्यालेन्ट) लिन ५ हजार रुपैयाँ घुस दिएको आरोप लगाएका सांसद वीरेन्द्र महतोले झुटो बोलाएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले समकक्षता लिनका लागि ५ हजार रुपैयाँ घुस दिएको भन्ने आरोप झुटो भएको पत्ता लगाएको हो । जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री महतोले […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै

२९ साउन, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास […]

मुख्‍य समाचार समाचार समाज

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने […]

मुख्‍य समाचार राजनीति समाचार

सबै मिलेर जान्छ, केही टेन्सन छैन : प्रचण्ड

२८ साउन,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सबै मिलेर जाने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि ‘नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्न नै आयो नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “केही हुँदैन । सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।” स्थायी कमिटीको बैठकमा उपमहासचिव […]

मुख्‍य समाचार समाचार

कुलमानको समर्थनमा आज पनि प्रदर्शन

२८ साउन,  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् । घिसिङकै कारण मुलुकको विद्युत् क्षेत्र बलियो भएको भन्दै युवाहरूले उनको समर्थनमा प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युत्‌को बक्यौता छुट दिन नहुने माग गरेका छन् । उनीहरूले बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुन घिसिङलाई आग्रह गरेका छन् […]

मुख्‍य समाचार समाचार समाज

खोलाले बगाएर बालिकाको मृत्यु

२८ साउन,  काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–३, सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१, दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि […]

मुख्‍य समाचार समाचार समाज

ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

२८ साउन,  काठमाडौं । पर्साको वीरगञ्जमा ससुरा हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका- ७ रामटोल बस्ने ६५ वर्षीय सीताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ सोही महानगरपालिका- १० प्रगति टोल डेरा गरी बस्ने ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते […]

मुख्‍य समाचार समाचार

करेन्ट लागेर एक महिला घाइते

२८ साउन, कैलाली । कैलालीको टीकापुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्। टीकापुर नगरपालिका–१ विशालनगर शिविरकी  ५५ वर्षीय मनिसरा थापा आफ्नै घरमा तारमा कपडा सुकाउने क्रममा घाइते भएकी हुन्। घाइते थापालाइ उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना

२८ साउन,एजेन्सी । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि ४०० जनालाई बाहिर निकालेको छ । केर्न्स राज्यका अधिकारीहरूले अहिलेसम्म पाइलटको पहिचान गन सकेका छैनन्। अस्ट्रेलियामा सन् २०२३ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन मुस्लिम

२८ साउन,  काठमाडौँ । मुस्लिम इत्तेहात संगठन नेपालले बङ्गलादेशको आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलङ्घन, जातीय र धार्मिक स्वतन्त्रताको उलङ्घनको विपक्षमा रहेको स्पष्ट पारेको छ ।सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार विज्ञप्ति जारी गर्दै बङ्गलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नचाहने तत्त्वहरूले फैलाउन खोजिरहेको गलत क्रियाकलापप्रति असहमति जनाएका छन् । ‘जातीय, […]