१२ चैत्र २०८२, बिहीबार
मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

३२ साउन, काठमाडौं । चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ। शुक्रवार सार्वजनिक गरेको टिजरमा एक्सनलाई प्राथमिकता दिएको छ। चलचित्रका मुख्य कलाकार समीर भट्ट, विराज भट्टलगायत फिचर्ड छन्। यो चलचित्रको मुख्य भूमिकामा समीर छन्। समिर यही चलचित्रमार्फत नेपालीचलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी […]

मुख्‍य समाचार समाचार समाज

नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

३२ साउन, धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार समाचार

प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर एक महिनादेखि काठमाडौँमा रहेको खुलासा

३२ साउन, काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर १ महिनादेखि काठमाडौँमै रहेको पाइएको छ । नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौँमा रहेको भन्दै नेकपा एमालेसहित स्थानीय प्रमुख ६ दलले आपत्ति जनाएका छन् । मनसुन सक्रिय भएर बाढी […]

मुख्‍य समाचार समाचार

मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते

३२ साउन, धनगढी । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी १९ वर्षीया अनिसा चौधरी र मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका हुन् । उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । यस्तै, लम्कीचुहा–४ मै पश्चिमबाट […]

मुख्‍य समाचार समाचार

३७ वर्षीय सिनावत्रा थाइल्यान्डको प्रधानमन्त्रीमा नियुक्त

३२ साउन,  एजेन्सी । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको छ । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् । पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी […]

मुख्‍य समाचार समाचार

घट्यो सुनको मूल्य

३२ साउन,  काठमाडौँ । सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

मुख्‍य समाचार समाचार

कञ्चनपुरमा एक युवती मृत फेला

३२ साउन, कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका-६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मुख्‍य समाचार समाचार

गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

३२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घट्नास्थलको सीसीटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर […]

मुख्‍य समाचार राजनीति समाचार

गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा

३२ साउन, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्नुपर्ने बताए । उनले भने, ‘पछिल्लो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन मिल्दैन : मन्त्री सिंह

३२ साउन, काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन नहुने बताएका छन् । शुक्रबार संस्कृतिविद् एवं साहित्यकार कुलचन्द्र कोइरालाको ३१ औं स्मृति सभा तथा २६ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्ने सबैलाई शुभकामना दिंदै साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्ने विश्वास व्यक्त गरेका […]

मुख्‍य समाचार राजनीति समाचार

कार्यकारी प्रमुखदेखि प्रधानमन्त्रीसम्म इमान्दार नभए सुशासन आउँदैन’

३२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशको कार्यकारी प्रमुखदेखि प्रधानमन्त्री, मन्त्रीहरुले इमान्दारकासाथ काम गरे सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सकिने धारणा राखेका छन्  । शुक्रबार काठमाडौंमा आयोजित सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरु विषयक कार्यक्रममा उनले, बद्मासी गर्ने व्यक्ति सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्ने प्रवृत्तिले काम […]

मुख्‍य समाचार राजनीति समाचार

किसानलाई समयमा मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

३२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रसायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा उनले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर […]