वन्यजन्तुको आतङ्कले स्थानीयलाई समस्या
खजुरा बाँके, ८ माघ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ राजपुरका स्थानीय वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेलिरहेका छन् । गाउँबस्तीसँगै रहेको वजङ्गलबाट बाघ, बाँदर, नीलगाई, बँदेललगायत जनावरका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुग्ने गरेको छ । जनावरले क्षति पुर्याएपछि उक्त समस्या समाधानका लागि सरोकारवाला निकायले प्रभावकारी पहल गर्न नसकेको उनीहरूको गुनासो छ […]











