२४ आश्विन २०८३, शनिबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री

इटहरी । कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो । तेह्रथुम र सङ्खुवासभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रको उद्घाटनका लागि मङ्गलवार दिउँसो पनि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री आउने जानकारी गराएका थिए […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा

रसुवा, २७ चैत । बागमती प्रदेशका मुख्यमन्त्री वहादुरसिंह लामाले राम्रो अध्ययनका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको ध्यान जानुपर्नेमा जोड दिएका छन् । रसुवा जिल्ला खेलकुद विकास समितिद्वारा धुन्चेमा आयोजित १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले शारीरिक रुपमा चुस्तदुरुस्त भई सहज रुपमा काम गर्न र अन्तरराष्ट्रिय जगत्मा समेत परिचित हुन खेलकुद विधातर्फ विद्यार्थीको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बौदीकालीमा बल्ल पुग्यो बिजुली

त्रिवेणी नवलपरासी, २७ चैत । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका गेषबहादुर रानाले बताए । बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

झापा, २७ चैत । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ ।”उहाँले यसपालि डेढ बिगाहामा मकै खेती […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘वसन्त’को गीत ‘मोटर’/स्पेशल स्क्रिनिङ

कामठाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ । यसैबीच, सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर […]

कोशी मुख्‍य समाचार समाचार समाज

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

भद्रपुर झापा, २७ चैत । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

काठमाडौँ, २७ चैत । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना ९७८ मेगावाट० को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए । उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

सुदूरपश्चिम, २७ चैत । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा रु ५० […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

माइतीघरमा स्वास्थ्यकर्मीहरुको धर्ना

काठमाडौं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न माग सहित धर्ना दिएको छ । बुधबार काठमाडौंको माइतीघरमा मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरुले नमानेको भन्दै स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागी डा.राजु चौधरीले न्यूनतम तलब ४८ हजार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बारको अध्यक्षमा प्रा डा मिश्रको अग्रता

काठमाडौँ, २७ चैत । नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता लिएका छन् । नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार ६ हजार मत गणना गर्दा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा मिश्रले तीन हजार तीन सय ६९ मत […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक

रामेछाप । मन्थली टेकानपुरका २५ जना महिलाहरूले २०५५ सालमा मासिक १० रुपैँया जम्मा गरेर सुरु गरेको सहकारी संस्था अहिले ७० करोड ८१ लाख रुपैँयाको मालिक बनेको छ । मन्थलीको नवजागरण बचत तथा ऋण सहकारी संस्था अहिले १० हजार बढी सदस्यको साथी र सारथि बनेको छ । सहकारीको कूल शेयर पुँजी मात्रै ४ करोड ४३ लाख […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, २७ चैत । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री […]