सिमकोट हुम्ला, ११ वैशाख । आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ । आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ । जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसङख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६ दशमलव शून्य चार प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताए । उनका अनुसार नाम्खाका ९६ दशमलव १६, सिमकोटका ९५ दशमलव छ, खार्पुनाथका ९५ दशमलव पाँच, सर्केगाडका ९५ दशमलव ७४, चङ्खेलीका ९५ दशमलव […]