२१ आश्विन २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

निरजलाई युवा तथा खेलकुद मन्त्रीले गरे सहयोग, भने “भविष्य राम्रो बनाउनु”

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत निरज कुमार चौधरीलाई युवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरीले आर्थिक सहयोग गरेका छन् । थारु विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीको पहलमा मन्त्री चौधरीले निरजलाई नगद २५ हजार सहयोग गरेका हुन् ।   थापाथली इन्जिनियरिङ क्याम्पसमा अटो मोबाईल इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत निरजलाई प्रोजेक्ट वर्कका लागि पैसाको अभाव भएपछि थारु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

काठमाडौँ, ९ असार । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ ।   मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई  निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको […]

मुख्‍य समाचार विचार समाचार समाज

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर, ९ असार। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् ।   राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए ।     “अहिले युवा सङ्घको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, ९ असार । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।     समारोहमा जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलाल, गणतन्त्र एङ्गोलाका गैरआवासीय राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदूत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

होटलमा आउने पाहुनालाई रुद्राक्षको माला !

काठमाडौं । नेपालमा उत्पादन हुने रुद्राक्षको प्रवद्र्धनका लागि तारे होटलहरुमा यसको प्रयोग बढाउनुपर्ने व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय सबै सार्वजनिक कार्यक्रमहरुमा कृषि उत्पादन रुद्राक्षलाई महत्व दिंदै उपयोग गरिरहेको पाइन्छ ।   पछिल्लो समय होटल मेरियट एवं होटल होलिडे इन एक्सप्रेसले तारे होटलहरुमा नेपाली कृषि उत्पादन रुद्राक्षको मालाद्वारा होटलमा आउने पाहुनालाई स्वागत गर्नुपर्नेमा व्यवसायीहरुको जोड […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्ला कनकासुन्दरी गाउँपालिकाको यस्तो छ विकासको खाका

मुगु । कनकासुन्दरी गाउँपालिकाको ‘समुन्नति आधार शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले १५ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय आवश्यकता र सम्भावनालाई प्राथमिकतामा राखेर विकासको खाका कोरेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘प्रदेश बजेटमा आन्तरिक ऋणको ग्राफ देखाएर आकार ठूलो देखाउने प्रवृत्ति छ’

काठमाडौं । फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खेमलाल देवकोटाले प्रदेश बजेटमा आन्तरिक ऋणको ग्राफ देखाएर बजेटको आकार ठूलो देखाउने प्रवृत्ति रहेको बताएका छन् ।   सोमबार काठमाडौंमा आयोजित प्रदेश बजेटका विशेषता र राजस्व अभिवृद्धि अन्तर –प्रदेश संवाद कार्यत्रक्रममा बोल्दै उनले प्रदेशको सुरुको बजेट दुईसय आठ अर्बबाट सुरु भएकोमा यसवर्ष दुई सय ८८ को बजेट रहेको […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरधाम उपमहानगरमा अर्बौं रुपैयाँको अनियमितता भएको आशंका

जनकपुर । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कार्यसम्पादनमा गम्भीर अनियमितता देखाएको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान, खर्च विवरणको अभाव र लेखापरीक्षणका क्रममा पत्ता लागेका व्यापक त्रुटिहरूले उपमहानगरपालिका प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ ।   प्रतिवेदनअनुसार, उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा प्राप्त संघीय सशर्त अनुदानमध्ये ठूलो रकम खर्च गर्न असफल भएको छ […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

राज्यको मौनता विरुद्धको भोक अनसन : ‘यो गणतन्त्र होइन, लुटतन्त्र रहेछ’

काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित भएका कञ्चनपुरका जय बहादुर रोकाया र कर्ण बहादुर चन्दले राहत तथा क्षतिपूर्तिको माग गर्दै भोक हड्ताल सुरु गरेका छन् ।   उनीहरुले विगत २३ वर्षदेखि पीडित हुँदै आएकाले अब सहन नसकिने अवस्था आएको बताउँदै भोक हड्ताल गरेको बताए । पीडितहरुको भनाइमा आरक्ष विस्तारका क्रममा उनीहरुको घरगोठ […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ । आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धिहुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते

मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।   माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सातसय मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही (रन अफ दी रिभर) जलविद्युत आयोजनालाई लिऊ र तिर टेक एण्ड पे ढाँचामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था दुर्भाग्यपूर्ण रहको सासंद र विज्ञहरुले बताएका छन् ।   सोमबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनीहरुले ऊर्जा क्षेत्रलाई बचाउने हो भने बजेटले गरेको व्यवस्थामा […]