आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
जनकपुर । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताएका छन्। ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन […]











