२८ चैत्र २०८२, शनिबार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

बरहथवा सर्लाही, १४ वैशाख । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए ।

 

 

यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए ।

 

 

 

भन्सारबाट हाल सङ्कलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् रु चार करोड ९४ लाख ४१ हजार ५५५ सङ्कलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

 

 

यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् रु दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व सङ्कलन भएको छ भने कात्तिकमा ९०.९३ प्रतिशत रु चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत रु छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

 

 

 

कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् रु पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् रु चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् रु तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए। यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए ।

 

 

 

यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि