१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

कम्बोडिया पुगे सी चिनफिङ, विमानस्थलमा भब्य स्वागत

एजेन्सी । चिनियाँ राष्ट्रध्यक्ष सी चिनफिङ कम्बोडियाको नोम पेन्ह पुगेका छन् । नौ वर्षको अन्तरालमा सीको दोस्रो कम्बोडिया भ्रमण हो।

कम्बोडियाका राजा नोरोदोम सिहामोनीको निमन्त्रणामा राजकीय भ्रमण गर्न विशेष विमानबाट सी नोम पेन्ह पुगेका हुन् ।

भ्रमणका क्रममा सीले क्रमशः राजा नोरोडोम सिहामोनी र रानी आमा नोरोडोम मोनिनाथ सिहानोकलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सो क्रममा उनले कम्बोडियाली पिपुल्स पार्टीका अध्यक्ष र सिनेटका अध्यक्ष सामदेच टेको हुन सेनसँग भेट्ने र प्रधानमन्त्री हुन मानेटसँग वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजा नोरोदोम सिहामोनीले विमानस्थलमा सी चिनफिङको भव्य स्वागत समारोहको आयोजना गरेका थिए । सी चिनफिङ विमानस्थलबाट आफ्नो होटलतर्फ जाँदा चीन र कम्बोडियाका राष्ट्रिय झण्डा फहराइरहेका थिए।

कम्बोडिया सीको पाँच दिने दक्षिणपूर्वी एसियाली भ्रमणको तेस्रो तथा अन्तिम चरण हो। सोमबार र मंगलबार भियतनामको राजकीय भ्रमणबाट सुरु उनको यात्रा सुरु भएको थियो । मंगलबारदेखि बिहीबारसम्म उनी मलेसियाको राजकीय भ्रमणमा थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि