२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गछौँ ।’

मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।

नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२÷०८३ मा धरानमा खानेपानीका लागि वजेट विनियोजन गरि दिनका लागि मात्र पत्र बुझाएका थिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि