१० पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।

यसअघि गएको सोमबारदेखि हिजोसम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो । यो समाचार तयार पार्दासम्म आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा छ ।

पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ । त्यहाँको वायु गुणस्तर १ हजार १०१ एक्यूआई पुगेको छ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म बादल लागेको छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि