८ पुष २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा

रौतहट । बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई  नियन्त्रणमा लिएको हो ।

प्रसौनीबाट वीरगंज तर्फ जाँदै गरेको ना ३ ख ७०५० नं. को ट्रकलाई पतञ्जली चौकमा रोकी चेक जाँच गर्दा बिल बिजक नै फरक परेको इलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक सुरेश राज भाट्टले बताए ।

उनका अनुसार उक्त ट्रकमा हरियो मटर १२० बोरा, बिस्कुट ९५० काटुन र हाडवयर लगायतका सामन बरामद गरिएको छ । उक्त  समानहरु बिल बिजक भन्दा समान फरक रहेको हुँदा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि