२० फाल्गुन २०८२, बुधबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन । उनले राजतन्त्रको समयमा राजनीति गर्नेहरुले दमन व्यहोर्नु परेको कुरा स्मरण गराएका हुन ।

रौतहटको चन्द्रनिगाहपुरमा प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले अहिले त्यस्तो किसिमको पिडा राजावादीहरुले व्यहोर्नु नपरेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्र अध्यक्षको हैसियतले सरकारले  सुरक्षा र संरक्षण दिदै आएको बताए । पूर्वराजालाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै उनले  देशकै एक स्थान वाट अर्को स्थानमा जानु विशेष कुरा नभएको बताए  ।

लोकतान्त्रमा जनताको बिचमा जाने र बिश्वास प्राप्त गर्ने अधिकार भएकाले आफुलाइ राजावादी भन्नेहरुले पनि पाटी खोलेर जनता माझ आएको र पटक पटक मन्त्री समेत भएको टिप्पणी गरे । अहिलेको संविधानमा बदलाब ल्याउन जुनसुकै दल वा राजावादीको इच्छा भए जनताको बिश्वास जितेर संसदमा दुई तिहाई ल्याउनु पर्नेमा उनले जोड दिए । सो  कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सो संगठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारका लागि १ लाख रुपैँया प्रदान गरेका छन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि