८ पुष २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला नगरपालिकामा सिँचाइ बोरिङ उद्घाटन

जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ मा सिँचाइ बोरिङ उद्घाटन गरिएको छ । जसपा नेपाल मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् ।

सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छसहित उक्त बोरिङ जडान गरिएको हो । कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे ।

उनले मधेश प्रदेशका अन्य स्थानहरुमासमेत सिँचाइको सुविधाका लागि पहल गरिरहेको जानकारी दिए । तराई क्षेत्रमा उचित सिँचाइको व्यवस्था नभएकै कारण भारतबाट अन्न मगाउनुपर्ने बाध्यतालाई अनत्य गर्न सरकारले सिँचाइमा ध्यान नदिएको उनले आरोप लगाए ।

स्थानीय कृषकहरूले सिँचाइ बोरिङ निर्माण भएपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा जसपा नेपालकी महिला नेत्री मनुमाया मुक्तान, समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष सुरज महतोसहित विभिन्न स्थानीय नेता तथा नागरिकहरूको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि