५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

राजदूत पौडेलले सम्हाले कार्यभार

लिस्बन पोर्चुगल, २३ फागुन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल कार्यभार सम्हालेका छन् ।

उनले बिहीबार राजधानी लिस्बनस्थित अल्कान्त्रामा रहेको नेपाली दूतावासमा पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् ।

यसअघि बिहीबार पोर्चुगल आइपुगेका पौडेललाई लिस्बनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पोर्चुगलको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी लुइस सान्तोस र लिस्बनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपालले स्वागत गरेका थिए ।

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना गरिएको हो भने पौडेल पोर्चुगलका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने पहिलो राजदूत बनेका छन् ।

यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका शनिल नेपाल भने पोर्चुगल आउन नपाई फिर्ता बोलाइएको थियो । हाल उनी स्पेनका लागि राजदूत नियुक्त भएका छन् ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उनलाई पोर्चुगलका राजदूत नियुक्त गरेका थिए ।

दुई साताअघि स्थापना गरिएको दूतावासले अस्थायी कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । दूतावासको स्थायी कार्यालयका लागि भवन भाडामा लिइसकिएको र कार्यालय सञ्चालनका लागि तयारी भइरहेको कार्यवाहक राजदूत नेपालले राससलाई जानकारी दिए ।

नयाँ दूतावास भएकाले कार्यालय सञ्चालनको स्वीकृतिका लागि आवश्यक प्रक्रियाका साथै आन्तरिक तयारी भइरहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि