७ पुष २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सप्तरीको बस्तीमा पसेको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै

सप्तरी, १९ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका–१ खोरियाटोलमा सोमबार बिहान बस्ती पसेको बाघलाई साँझ ६ बजे नियन्त्रणमा लिइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षवाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै छ ।

सोमबार बिहान फतेपुरको खोरियाटोलमा बाघ बस्तीमा पसेको थियो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बस्तीमा बाघ आएको अनुमान गरिएको छ । आरक्षको टोलीले डार्ट गरेर बाघलाई बेहोस बनाएका थिए ।

बाघको आक्रमणबाट स्थानीय तीन जना घाइते भएका छन् । बाघ दिनभर बस्तीमा रहेका कारण स्थानीय डराएका थिए । सुरक्षाकर्मी र स्थानीय बासिन्दाले धेरै बेरसम्म हल्ला गरेपछि बाघ स्थानीय भरत विष्टको घरमा छिरेको थियो ।

त्यसपछि स्थानीयले उक्त बाघलाई त्यही घरभित्र थुनिदिएका थिए । आरक्षबाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिएर पर्सा लगेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि