७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर–४ मा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा दर्ता नै नभएको ठहर भएपछि तत्काल बन्द गर्न पत्र काटेका हुन् ।

सो पत्रको बेवास्ता गरि अस्पताल खोलेको आरोपमा सञ्चालक साह पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार साहलाई पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

मुख्यमन्त्री सिंहले सिभिल अस्पतालसहित चन्द्रनिगाहपुरका ट्रमा हाइवे सेन्टर, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक, चपुर अर्थोपेडिक एन्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र र एपोलो अस्पताललाई पनि मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न पत्र काटेका छन् ।

अस्पतालहरूले पनि सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्नुपर्ने उनको निर्देशन छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि