७ पुष २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

रिंकु सदाका हत्यारालाई कारवाही नगरेको भन्दै लहानमा प्रदर्शन

सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् ।

मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आयोजना गरियो । हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको सडकमा सिंहनाद गरे ।

उनीहरुले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए ।

मुसहर समुदायका अगुवा अरुण सदाले दलित, गरिब र कमजोर वर्गप्रति न्याय गर्न र उनीहरुको सुरक्षा प्रवन्ध गर्न सरकारसँग माग गरे । सदाले रिंकुलाई न्याय दिन ढिलाइ गरिए सिरहाको सडकमा आगो बल्ने दावी गरे ।

उनले स्थानीय प्रहरी प्रशासनलाई चेतावनीयुक्त स्वरमा भने,‘आन्दोलनको बाढीले बगाउला । सामुहिक बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि अपराधी बचाउन खोज्ने प्रहरी तथा प्रशासनलाई छोडिने छैन ।’

प्रदर्शनसहितको ¥यालीले लहान बजार परिक्रमा गरेर स्थानीय प्रहरी र प्रशासन विरुद्ध चर्का नारा लगाएका थिए । कोण सभा गरी समापन गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि