७ पुष २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

चन्द्रपुरमा सुविधायुक्त बसपार्क संचालनको तयारी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त बसपार्क संचालनको तयारी थलिएको छ । संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजको सहयोगमा बसपार्क निमार्ण गरिएको हो ।

चन्द्रपुर वडा नं.४ टेकानटोलमा रहेको चार्जिङ स्टेशन सहितको सुबिधायुक्त बसपार्कमा शौचालय , स्नानकक्ष , विश्रामकक्ष, चमेनागृह लगायतको व्यवस्था गरिएको छ ।चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यो बसपार्क संचालनमा आएपछि अव्यवस्थित बस पार्किङको समस्या हटने बताए । चाडपर्वको समयमा राजमार्गमा हुने सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न यस बसपार्क उपयोगी हुने उनको विश्वास छ ।

शहरी बिकाश मन्त्रालय अन्त्तर्गत संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजले  चन्द्रपुर नगरपालिका वडा नं २,३,४ र ५ मा भएका बिकासका बिभिन्न योजनाहरु सम्पन्न गरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख  काफ्लेलाई हस्तान्तरण गरेको हो । बिनायक÷प्रजिल जेभी सुकुल ढोका भक्तपुरलाई ४ वटा योजना निमार्णको जिम्मा पाएको थियो ।

सो योजना सम्पन्न गर्न १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको  ठेक्का लिएको ठेकेदार कम्पनीका प्रतिनिधि इन्जिनियर मनिष कुमार सिंहले जानकारी दिए ।उनका चन्द्रपुर वडा नं २ जुडिबेला प्रवेशद्वारबाट असनवा सम्मको ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे र सडकको दुबै तर्फ नाला निमाार्ण कार्य गरेको हो ।

यसैगरी वडा नं ३ गैडाटारमा हाट बजारको सेड निमार्ण,वडा नं ४ टेकानटोलमा चार्जिङ सहितको बसपार्क निमार्ण र वडा नं ५ मा ३ सय ५० मिटर नाला सहित सडक कालोपत्रे गरेको उनले बताए । चन्द्रपुर नगरपालिकाले सम्पन्न योजना संचालनमा ल्याइएको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि