७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १६ देखि हुने

जनकपुर । जनकपुरधाममा हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारी पूरा भएको छ । महोत्सवका आयोजक संस्था संवाद फाउण्डेशनले पत्रकार सम्मेलनममार्फत महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ ।

फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्ययमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र अवसर दिने तथा फिल्म निर्माता एवम् कलाकारबीच अनुभव आदानप्रदानको अवसर सृजना गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको महोत्सवको आयोजक संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करले जानकारी दिएका छन् ।

उनले भने,‘स्थानीय र विश्व सिनेमा बीचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरु सम्म पुर्याउँदै, अन्य देशका चलचित्र र कथाहरु संग गहिरो सम्वन्ध जोडनेछ र यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य र सामिप्यता बढाउने मद्दत गर्नेछ ।’

महोत्सवमा विभिन्न १ सय ४४ भन्दा बढी देशका चलचित्रकर्मीहरुद्वारा तीन हजार पाँच सय भन्दा बढी आवेदन प्राप्त भएको उनले जानकारी दिए ।

अध्यक्ष भास्करका अनुसार महोत्सवकालागि १० विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिनेछ । प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने उनले बताए । मैथिली विकास कोषको सभा भवनमा सो सम्मेलन फागुन १६ गते देखि १८ गते सम्म आयोजना हुन लागेको छ

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि