७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

बागमती खोलामा भासिएको पुलको मर्मत गरियो

रौतहट । रौतहट र सर्लाहीलाई जोड्ने बागमती खोलामा भासिएको पुलको मर्मत कार्य सकिएको छ ।

सर्लाहीबाट आउँदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो ।
पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको अवस्थामा मर्मत गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दन प्रसाद तोरसले बताए ।

उनका अनुसार पुल सञ्चालन भएसँगै अब डाइभर्सन भत्काएर त्यहाँ हालिएका ह्यूमपाइप निकाल्ने तयारी भइरहेको छ । पुल मर्मतको काम करीब एक साता पछि सकिएको उनको भनाइ छ ।

पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन सञ्चालनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो ।

पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने भएको सडकका प्राविधिकले बताएका छन् ।

तत्कालिन शोभियत संघ सरकारको आर्थीक सहयोगमा ५० बर्ष अघि निर्माण गरिएको जनाइएको छ । अब पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा यी पुलसँगै अर्को समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि