७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

रौतहट ट्राफिक प्रहरीले उठायो १३ लाखभन्दा बढी राजश्व

रौतहट । रौतहट ट्राफिक प्रहरीले एक महिनाको अवधिमा १३ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । माघ १ गतेदेखि माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई कारबाही गरि राजस्व संकलन गरेको हो । यस अवधिमा १३ सय ५५ सवारी चालकलाई कारबाही गरिएको छ ।

१३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा सवारी चेकजाँचमा कडाई गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको हो ।

पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा प्रायः सवारी चेकजाँच गर्ने गरेको उनले बताए । सवारी जाँचका क्रममा चालकले मदिरा सेवन (मा.प.से) गरी गाडी चलाएको , ओभर लोड गरेको , सिट बेल्ट वा हेल्मेट नलगाएको , सवारीका कागजपत्र साथमा नबोकेको , सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको, रुट परिमिट नलिएको, बत्ति बिग्रिएको जस्ता सवारीलाइ कारवाही गरिएको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङमा उल्लेख छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि