२९ मंसिर २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज साहित्य/ समाचार

राधिकाको किताव २४ क्यारेटको सुनजस्तै हो, यसमा सत्य कुरा मात्र छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले  किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए ।

उनले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो । उपन्यास होईन सत्य कुराको लिखत हो । यो कहानी, कथा होइन यो सत्य हो । यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो । यसमा केही अन्य कुरा मिसिएको छैन् । पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैँन् । म ढुक्क छु, साक्षि छु ।’

उनले भने, ‘अर्को यसबाट मैले केही कुराहरु थाहा पाएको छु । केही माग, इच्छाहरु रहेछन् । जन्म दिनमा फूल दिउ भने भोलिपल्ट याद आउछ । यतिका वर्ष यस्तै गरेर नै गयो । तर मेरो जन्मदिन भने उसले भव्यताका साथ मनाउने गरेकी छन् ।’

यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए ।

उनले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ । केहीपनि छैन् । सबै सकाएर हिडेको मान्छे हुँ । एउटा श्रिमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए । त्यही भएर म पाल्न सक्दिन् पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिए ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि