७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ

८ फाल्गुन, पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ ।

बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टका अनुसार वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटमा चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीलाई चेकजाच गर्ने क्रममा पक्राउ परेकी आरती यादवले बोकेको व्यागमा रातो रंगको ग्यालेन भित्र प्लास्टिकमा सानो सानो पोका पारी लुकाएको अवस्थामा चरेश जस्तो देखिने पदार्थ फेला पारेको हो ।

वरामद गरिएको पदार्थ सहित आरतीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्वन्धी कसूरमा थप अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरीले जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि