७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

वीरगन्जका दुई क्यासिनोमा मुख्यमन्त्रीको छड्के अनुगमन

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका दुई क्यासिनोमा पुगेर छड्के अनुगमन गरेका छन् ।

वीरगन्जको होटल दियालो लड्र्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन् ।

नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश निषेध रहेको छ। तर यहाको क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिंहले क्यासिनो अनुगमन गरेको प्रेस संयोजक मनोज मोरबैताले बताए ।

उनका अनुसार क्यासिनोबाट एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।पछिल्लो एक महिनाको ग्राहकको इन्ट्री विवरण, सिसिटिभी क्यामेराको फुटेज, ग्राहकको विवरण लगायतका कागजात मुख्यमन्त्री कार्यालयमा पेस गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

मुख्यमन्त्री सिँहले पत्रकारहरूसँग कुरा गर्दै वीरगन्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोको पनि छड्के अनुगमन गरिएको बताए ।उनले सुरक्षा लगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । वीरगन्जमा   हालः कूल चारवटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि