७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

लागुऔषध सहित दुई जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागुऔषध ओनेरेक्स र आरजेई–एससिइएनको दुई सय बोटल सहित दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएको चेकजाँच टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पर्सा गाउँपालिकाको मङराहा पोखरी स्थित हुलाकी सडकबाट प्रहरीले लागुऔषध सहित सर्लाही लालबन्दी ११ का २६ बर्षीय मुकेश यादव र सोही मोटरसाइकलमा पछाडी सवार १९ बर्षीय संजिव महतोलाई पक्राउ गरेको सर्लाही प्रहरीद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख छ ।

भारतबाट नेपाल तर्फ आउँदै गर्दा ना.४२ प. ४२७० नम्वरको मोटरसाइकलमा आउँदै गरेका अवस्थामा ओनेरेक्स–१०० एमएलको १७० बोटल र आरजेई–एससिइएन–१०० एमएलको २४ बोटल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

लागुऔषध सहित पक्राउ गरिएका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्नका लागि १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि