७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

जनकपुर । सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।

सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ । गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलीया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत गराएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि