७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

जीतपुरसिमरा–६ को आफनै पक्की भवन बन्ने, अंसारीले दिए जग्गा

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को आफ्नै पक्की भवन बन्ने भएको छ ।

भाडाको घरमा वडा कार्यालय संचालन हुँदै आएकोमा नगौल गाउँमा पक्की भवन निर्माणको काम थालिएको हो ।

मधेस प्रदेशका सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले आइतबार एक कार्यक्रमकाबीच संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

वडा कार्यालयको ५३ लाख बजेटमा ६ कोठे पक्की भवन बन्न लागेको हो । वडा अध्यक्ष कैमुदिन अंसारीले चाँडै भवन निर्माणको काम सकेर सेवा प्रवाह गरिने बताए ।

उनका अनुसार भवन निर्माणका लागि स्थानीय समाजसेवी बदरूल होदा अंसारीले १ कठ्ठा ५ धुर नीजि जग्गा वडा कार्यालयको नाममा पास गरेपछि वडा कार्यालयले बजेट विनियोजन गरेको हो ।

शिलान्यास कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि