७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ

जनकपुर । जनकपुरधाममा अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल संचालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

विना दर्ता अस्पताल संचालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुख्यमन्त्री सतीश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पुरा गरी दर्ता नगराएसम्म संचालनमा नल्याउन निर्देशन दिनुका साथै अस्पतालमा ताला लगाई साँचो हस्तान्तरण गर्न भनेका थिए ।

तर बिहीबार बेलुका मुख्यमन्त्रीसहितको टोली अनुगमन गर्न पुग्दा सो अस्पताल संचालनमै रहेको र नयाँ विरामी समेत भर्ना गरेको पाइएपछि प्रहरीले संचालक महतोलाई पक्राउ गरेको हो ।

मुख्यमत्री सिंहले केही दिन यता अस्पतालहरुको अनुगमन तीव्र बनाएका छन् । उनले अवैध र मापदण्ड विपरीत रहेको अस्पतालहरुलाई कारवाही गर्ने निर्देशन दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि