७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मधेश प्रदेशका सभामुख मण्डलले संविधान बारे विद्यार्थीहरुलाई पढाए

जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान बारे पढाएका छन् । बुधबार सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाएका हुन् ।

कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा एक घण्टा पढाएका हुन् ।

कक्षा समाप्त भएपश्चात उनले विद्यार्थीहरुलाई मनमा उठेका प्रश्न सोध्नसमेत समय दिए र उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख मण्डलले अबका दिनमा ८ वटै जिल्लामा पुगेर समयानुचित हुने गरि कानुन संकायका विद्यार्थीहरुलाई पढाउने जानकारी दिए ।

सभामुख जस्तो गरिमामय पदमा भएका व्यक्तिबाट भएको यस असल अभ्यासको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउने काम भएको क्याम्पस प्रमुख ठाकुरले बताउँदै यो अभ्यास अरू तीर पनि हुन जरुरी रहेको बताए ।

िवश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. अमर प्रसाद यादवले सभामुख आफैं आएर विद्यार्थीहरुलाई पढाएकोमा विद्यार्थीहरुमा साकारात्मक उर्जा उत्पन्न भएको बताए । उनले विद्यार्थीहरुले किताबमा पढ्दै आएको कुराहरु, प्रदेशको सभामुखले आफ्नो अनुभव र अभ्याससंग जोडेर पढ्न पाउँदा अझः राम्ररी सिक्न सकेको जानकारी दिए ।

सभामुखले पहिला पनि पढाउन ईच्छा जाहेर गर्दै आएकोमा आज उनले कक्षा लिएकोमा विश्वविद्यालय र विद्यार्थी आभारी रहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि