२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

माघ शुक्ल पूर्णिमा : एक महिने स्वस्थानी व्रत कथा सकिँदै

३० माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन भएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि सुरु गरेको स्वस्थानी व्रत  विधिपूर्वक आज समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रतसँगै स्कन्द पुराण अन्तर्गतको केदार खण्डको कथाको पनि आजबाट समापन गरिएको छ ।

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रतको पनि आज समापन गरिँदैछ ।

महिना भरी कठोर व्रत गरेका वर्तालुले आज अश्वमेध यज्ञ गरी समापन गरिनेछ ।   नेवार समुदायमा माघ शुक्ल पूर्णिमाका दिनलाई सि पुन्हिका रुपमा मनाउने चलन छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि