२० फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

१६ वटा मोटरसाइकल गौर भन्सारमा बुझाइयो

२९ माघ, रौतहट । रौतहट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १६ वटा मोटरसाइकललाई गौर भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका मोटरसाइकललाई बरामद गरेको थियो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा बिना कागजातको १६ वटा मोटरसाइकललाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको हो । पटक पटक सवारी साधनका धनीलाई कागजातहरु ल्याउन भनिएपनि कागजातहरु उपलब्ध नगराउदा उक्त साधनहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको उनले बताए ।

१६ थान मोटरसाइकलको करिव १२ लाख मूल्याकन गरिएको उनले जानकारी दिए । माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा सवारीसाधनहरुको चेकजाँच गरेको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि