१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार सूचना प्रविधि

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

१२ भदौ, काठमाडौं। मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ ।

समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको छ उनीहरुका लागि समेत सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्नेछ भने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्नेछ ।

फेसबुकले सन् २०१६ मा मेसेन्जर लाइट एप ल्याएको थियो । यो एप प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि थियो । डिभाइसको स्टोरेज कम ओगट्ने तथा डाटा खपत पनि कम गर्ने यो एप आइओएसमा भने सन् २०२० मै बन्द गरिएको थियो ।

मेसेन्जर लाइटलाई विश्वभरका ७६करोड मानिसले डाउनलोड गरेका थिए । यसका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा थिए भने दोश्रोमा ब्राजिल र तेश्रोमा इण्डोनेसिया थियो ।

मेटाले मेसेन्जर लाइटमा विभिन्न खालका परिवर्तन गरेको छ । आगामी सेप्टेम्बर २८ देखि यो मेसेन्जर एपले एसएमएस सपोर्ट नगर्ने बताइएको छ । अर्थात् सेप्टेम्बर २८ देखि मेसेन्जर लाइटबाट मेसेज पठाउन तथा प्राप्त गर्न सकिनेछैन ।

फेसबुक मेसेन्जरको मूल संस्करणमा यो वर्षको अन्त्य सम्ममा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सहित सुरक्षा तथा गोपनियता फिचर थप गर्ने योजना बनाएको मेटाले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेको हो । एजेन्सीको सहयोगमा

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक