७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

चन्द्रपुरका पशुमा खोरेतविरुद्धको खोप लगाउन थालियो

१५ माघ, रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–६ ले गाई भैँसीलाई निशुल्क खोरेतविरुद्धको खोप लगाउन थालेको छ । पशुमा महामारीका रुपमा खोरेत फैलिनसक्ने भएकाले वडा कार्यालयले खोप कार्यक्रम सञ्चालन गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गौरको आयोजना र पशुसेवा शाखा चन्द्रनिगाहपुरको समन्वयनमा वडाभर रहेका पशुमा खोरेतको खोप दिन लागिएको चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसीले बताए ।

उनका अनुसार यहाँका अधिंकाश किसान पशुपालनमा आत्मनिर्भर रहेकाले यसबाट रोक्न निशुल्क खोप तथा उपचार अभियान सुरु गरेको हो ।

वडाको अधिंकाश घरघरमा गाईभैँसी पालन रहेकाले खोरेत रोगबाट बचाउनका लागि खोप अभियान संञ्चालन गरेको उनको भनाइ छ । गोठ गोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र पशु पालक कृषकलाई खोरेत फैलिन नदिनका लागि सल्लाह र सुझाव दिने गरेको उनले जानकारी दिए ।

खोरेत रोग लागेका पशुहरूलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुची खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नुलगायतका लक्षण देखापर्ने गरेका छन् ।

खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरूबाट फैलिने गरेको पशु प्राविधिकहरूको भनाइ छ ।

खोरेत रोगबाट गाई भैँसीको ज्यान समेत जाने भएकाले खोप लगाउन चन्द्रपुर नगरपालिका पशु शाखाले आग्रह गरेको छ । प्रायः धेरै किसानलाई पशु बीमा गराउनुपर्छ भन्ने ज्ञान नहुँदा पनि क्षति व्यहोर्नु परेको पशु सेवा बिज्ञ केन्द्र गौरले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि