७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

मधेशमा बाक्लो हुस्सु र शीतलहर, ज्यालादारी मजदुर प्रभावित

रौतहट । रौतहटसहित मधेश प्रदेशका जिल्लाहरुमा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्याङ्ग्रिने जाडो बढेको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।
बाक्लो हुस्सुसँगको शीत लहरका कारण प्रायः मानिसहरु दिनभरजसो आगो तापेर बस्ने गर्छन । चिसोले यहाँका ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु र शीत लहरले बिहान र बेलुका काम नै गर्न नसकेको रिक्सा चालक हरिचन्द्र साहले बताए ।
दैनिक ज्यालादारी नै प्रभावित हुनुका साथै घर खर्च पुर्याउन मुस्किल परेको उनको गुनासो छ । यसबेला खासै यात्रु नपाउने गरेको उनले बताए । अहिले मुस्किलले दैनिक रु पाँच सयको हाराहारीमा कमाइ हुने गरेको उनको दुखेसो छ ।
कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।
कृषि ज्ञान केन्द्र गौरका अनुसार शीतलहरका कारण आलु, गोलभेँडालगायतका तरकारी बालीमा डढुवा रोगको समस्या देखिएको छ ।
शीत लहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिएकाले बालीलाई जोगाउन हप्तामा एकपटक कीटाणुनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किन सुझाव दिएको छ ।
यता जिल्ला ट्राफिक कार्यालय रौतहटले बाक्लो हुस्सुमा सवारीसाधन चलाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि