७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

सिरहामा जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ ।
वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि लक्षित गरि सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन् ।
तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिए । वडा अध्यक्ष ठाकुर वडा सचीव र वडा सदस्यहरुले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि