८ मंसिर २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

लागुऔषध सहित २ जना पक्राउ

जनकपुर । लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाले लागुऔषध सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

९ गते साझ ४ बजे जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १७ भन्सार गेट छेउ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जयनगर (भारत) बाट माडरतर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाईकल माथि शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं.७ बस्ने अन्दाजी वर्ष २५ को हृदय सिंहले लगाएको पेन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको हो ।

निज हृदय सिंह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई उक्त लागूऔषध र मोटरसाईकल रीतपूर्वक बरामद गरी सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि