७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

सवारी दुर्घटनामा परी मन्त्री सिंह घाइते

काठमाडौंै । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह सवारी दुर्घटनामा परी घाइते भएका छन ।
सिंह सवार गाडी सोमबार बेलुकी जनकपुरमा दुर्घटनामा परेको हो। मधेश प्रदेश राजधानी समेत रहेको जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए । उनका अनुसार मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको थियो ।
मन्त्रीको गाडी पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेकको अवस्थामा सोही दिशामा आउदै गरेको अर्काे गाडीले ठक्कर दिएको डिएसपी सिंहले जानकारी दिए । दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि