२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

कोपमा भएको कमजोरी मन्त्रीले स्वीकारे

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरुलाई अझै राम्रो बनाउने कोशिसमा रहेको बताएका छन् ।
विहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफलमा उनले कोपको तयारीको लागि छोटो समय प्राप्त भएको भन्दै कमी कमजोरी भएको कुरा स्वीकार गरेको बताए ।
उनले भने, ‘कोपको बारेमा धेरै चर्चा भएको छ । यसलाई सहजताका साथ स्वीकार पनि गरेका छौ । कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने हाम्रो प्रतिबद्धता छ । र राम्रा पक्षहरुलाई अझै राम्रो बनाउने कोशिस पनि छ । कोपको तयारीको लागि छोटो समय भएको मेरो आफ्नो बुझाई छ । र छोटो तयारीमा कमी कमजोरी भएको कुरा स्वीकार गर्न चाहन्छु । म कुनै गल्ती नै भएको छैन् भन्ने पक्षमा छैन् ।’
यसको साथै, उनले नेपाल सरकारले कोपमा जानको लागि कुनै बजेटको व्यवस्था नगर्ने हुँदा पनि समस्याहरु आएको बताए ।
‘नेपाल सरकारले कोपमा जानको लागि कुनै बजेटको व्यवस्था गरेको हुँदैन् रहेछ । राष्ट्रिय टोलीको लागि मात्र एउटा निश्चित बजेटको व्यवस्था हुने रहेछ । त्योभन्दा बाहेकका लागि विभिन्न विकास साझेदारहरुको माध्यमबाट जानुपर्ने परिस्थिती रहेछ । त्यो पनि सिमित मात्रामा बजेट हुने हुँदा सबैलाई सहभागि गर्न सकिएन,’ उनले भने ।
अबको कोप ब्राजिलमा हुने भनेर निर्णय भएको र त्यसका लागि एउटा संयन्त्र बनाएर जाने कुरा पनि प्रधानमन्त्री समक्ष राखेको उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि