१३ फाल्गुन २०८२, बुधबार
प्रवास मधेश मुख्‍य समाचार समाचार समाज

माघे संक्रान्ति पर्वमा दुई दिन सार्वजनिक विदा

२९ पुस, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ ।

चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप– प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक विदा दिएको हो । नेपालीहरुको पर्व माघे संक्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरिएको छ ।

नगर उप–प्रमुख चौधरीद्धारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक विदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा विदा रहने व्यहोरा उल्लेख गरीएको छ ।

चन्द्रपुर नगरपालिकाको  जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, राजपेडा लगायतमा थारुको बहुल्यता रहेको छ ।

थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघे संक्रान्तिका दिन ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected