२० फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

२६ पुस, रौतहट । रौतहट प्रहरीले किटानाशक औषधि बोकेको पिकअप गाडी  र गहुँ बोकेको ट्रयाकटरसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय गौरबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नं.५ सिया होटल नजिकबाट पिकअप र ट्रयाकटर नियन्त्रणमा लिएको हो ।

रौतहट प्रहरी निरीक्षक उमा शंकर प्रसादका अनुसार किटानाशक  औषधि लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्रयाकटरलाइ नियन्त्रणमा लिएको छ । ट्रयाकटर चालक ४५ बर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० बर्षको सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

गाडीहरुमा लोड सामनहरु र गाडीमा रहेको बिल बिजकहरु फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए । उक्त सामनहरु , गाडी र चालकहरुलाई थप अनुसन्धानका लागी आन्तरिक राजस्व करदाता कार्यलय गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यलयबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका  वडा नं ४ बस पार्कबाट एक लाख ६० हजार भन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार चिनी , मैदा , तिल, तेल लगायतका सामन बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि