६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

रौतहट । बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ ।
सिमरा–काठमाडौ उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीका अनुसार पुसको दोस्रो साता देखी नियमित उडानहरू प्रभावित भएको बताए ।
मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार ) पनि उडान प्रभावित भएको उनले जानकारी दिए ।मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उनको भनाइ छ ।सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् ।
सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ । रौतहट सहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौं आवतजावत गर्ने गर्दछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि