१३ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा

रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् ।
दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन् । गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन् ।
बनमा दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरुले गुइँठा प्रयोग गर्दै आएको पाईन्छ । आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय रामकलिया देवीले बताएकि छिन । सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गदछन ।
चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ । बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्यायो तथा लुगा, कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको देखिएको छ ।
जाडो बढेकाले बालबालिका तथा वृद्धवृद्धालाई ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । यसैबिच अत्यधिक चिसो बढेपछि रौतहटका अधिकांश पालिकाहरुले सामुदायिक बिद्यालयहरु बन्द गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि