१३ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

सार्वजनिक जग्गाको अतिक्रमण हटाइने

महोत्तरी, २१ पुस । सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वनसम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान सुरु गरेका छन् । महोत्तरीको बर्दिबास–४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सवडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काइ अतिक्रमण हटाएका हुन् ।

नदी उकास क्षेत्रको जग्गा बर्दिबास–४ का मोहित तामाङले घेराबेरा लगाएका थिए । नदी उकास जग्गा घेरबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सवडिभिजन कार्यालय गणन्ता महोत्तरी का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सव डिभिजन कार्यालय गणन्ताले जनाएको छ । “अहिले अतिक्रमण गर्नेलाई चेतावनी दिइएको छ, यस्तो घटना दोहोरिए वन ऐनअनुसार कारबाही गरिन्छ”, उनले भने। बर्दिबास नगरक्षेत्रमा सयौँ बिघा पर्ती र नदी उकास जग्गा छन् । यसै अभियानका क्रममा अतिक्रमणको पहिचान गरी हटाइने वन अधिकृत चौधरीको प्रतिबद्धता छ ।

यस्ता जग्गामा वृक्षरोपण गरेर चुरेक्षेत्रमा हरियाली प्रवद्र्धन गरिन पर्ने वातावरणविद्हरुको सुझाव छ । चुरे नजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षरोपण गरिए भूक्षय न्यूनीकरण हुनसँगै हरियाली प्रवद्र्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि