६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

महोत्तरी, १२ पुस । तिलासक्रायत माघेसङ्क्रान्ति पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा सख्खर र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।
पर्वमा ‘लाई’ बनाइने तिल दुई÷तीनपटक फलेर तिललाई पानीमा भिजाएर भुस निकाल्ने राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै सुरु गर्ने प्रचलन छ । तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् । बर्दिबास–२ की फुलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ । चाँडै बजार पु¥याइएन नसकिए उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरु काम छोडेर यसैमा लागेका उनले बताए। “आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन”, मगर भन्छन्, “त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेका छौँ ।” यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गर्नुभएकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानकामे जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम रु चार सयमा बिक्री भइरहेको उहाँले जानकारी दिए ।
यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त छन् । राम्रो मिठ्ठा प्रतिकिलोग्राम रु एक सय २० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठ्ठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउछन् । यसपालि १० कठ्ठामा उखुखेती गरेका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।
गरिब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा  सख्खरखण्ड सुठुनी, तरुल, मास, पिँडालुुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि