९ पुष २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि