१३ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा एक जनाको शव फेला

५ पुस, जनकपुर । जनकपुरधाममा विहानै एक जना पुरुषको शव फेला परेको छ ।

जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ ।

अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ, उनले भने । एता स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए ।

घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि