२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

‘अहिलेको गठबन्धन आवश्यक्ता हो, ०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा’

बाजुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पारेका छन् ।
गृह जिल्ला बाजुरा पुगेका मन्त्री पाण्डेले कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय कांग्रेस एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो ।’
उनले कांग्रेस एमाले मात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी,समाजवादी लगायतका सानादलहरुलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको स्पष्ट पारे ।
मन्त्री पाण्डेले भने, ‘संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भएपनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्ने,राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनका लागि पनि हामी सबै एक ठाउँमा हुन जरुरी छ,’ मन्त्री पाण्डेले अगाडि भने,‘प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापतिज्यूको प्रतिवद्धता रहेको छ । देशको सुधारका लागि उहाँहरुको स्पिडमा काम गर्नुपर्ने छ ।’ उनले ०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत बताए ।
फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले सुचकाङ्कहरुका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताए । उनले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत प्रष्ट पारे ।
कार्यालय प्रमुखलाई कामलाई प्राथकिताहरु निर्धारण गरेर मात्र काम गर्न समेत निर्देशन दिए । मन्त्री पाण्डेले बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि