१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन्

२८ कात्तिक, काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किएकी छन् ।

पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा सहभागि भएर उनी आज बुधबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन् । १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन् ।

विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मूलगुठीले खेलबाटै विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको भएपनि सरकारले आफूहरुका लागि केही नगरेको गुनासो गरिन् ।

‘हामीलाई पनि राज्यले हेरिदेओस् भन्ने लाग्छ । हामीले पनि त खेलेरै विश्वमा देशलाई चिनाइरहेका छौं । दुर्भाग्य नेपालले नै हामीलाई चिन्दैन । यही दुखेसो छ,’ उनले भनिन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि