२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

विश्व खाद्य दिवस मनाइँदै, खाद्य सुरक्षा र पौष्टिक खानामा जोड

काठमाडौं । आज बुधबार विश्व खाद्य दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । प्रत्येक वर्ष अक्टोबर १६ मा संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा विश्व खाद्य दिवस मनाइन्छ ।

उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारेर खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

विश्वभरी खाद्यान्न संकट र भोकमरीको विरुद्ध एक्यवद्धभई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।

यसपाली ‘राइट टु फुड फर अ बेटर लाइफ एन्ड बेटर फ्युटर’ भन्ने नाराका साथ दिवस मनाइदैँ छ । यसको अर्थ राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार भन्ने लाग्दछ । यो दिन खाद्य सुरक्षा र सबैका लागि पौष्टिक खानामा पहुँच सुनिश्चित गर्नमा जोड दिइन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि